स्यांगेकाे एक पसलमा मध्यरातमा आगलागी, श्रीमान् हाम्फालेर बाँचे, श्रीमतिकाे मृत्यु

बेसीशहर, ५ माघ । लमजुङको मर्स्याङदी गाउँपालिका वडा नंं ४ स्यांगे बजारमा रहेका एक पसलमा बिहीबार मध्यरातमा आगलागी हुँदा एक जनाकाे जलेर मृत्यु भएकाे छ ।

स्यांगेका राजेन्द्र श्रेष्ठकाे पसलमा गएराती मध्यरातमा आगलागी भएकाे हाे । काँचाे कपडा, तयारी कपडा र  खाद्यान्नकाे पसल रहेकाे उनकाे घरमा आगलागी भएपछि घरधनी श्रेष्ठ हामफालेर घरबाट बाहिर निस्कन सफल भए पनि उनकी श्रीमती ४४  बर्षकी सन्तमाया श्रेष्ठकाे भने जलेर मृत्यु भएकाे  घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाइँले बताए ।

लाइभ भिडियाे हेर्नुहाेस् । श्राेतः Guloong Kanchaa


आगलागी पूर्ण नियन्त्रण भइसकेपछि बिहान घर भित्र हेर्दा सन्तमायाकाे शब जलेकाे अवस्थामा भेटिएकाे प्रहरी निरीक्षक चपाइँले बताए ।

श्रेष्ठकाे पसलमा पेट्रोल, ग्यास लगायत ज्वलनशील पदार्थसमेत विक्रीका लागि राखिएकाे र तीनमासमेत आगो लागेपछि नियन्त्रणमा निकै समय लागेकाे चपाइँले बताए । शुरूमा स्थानीयले आगलागी नियन्त्रणकाे प्रयास गरेका थिए । पछि जगत प्रहरी चाैकीबाटसमेत प्रहरी पुगी नियन्त्रणकाे प्रयास गरेका थिए । स्थानीयकाे घरमा ल्याइएकाे खानेपानीकाे  पाइपहरूसमेत काटेर पाइपकाे पानीबाट आगलागि नियन्त्रणकाे प्रयास गरिएकाेमा राती साढे ३ बजे आगलागी नियन्त्रण भएकाे थियाे ।

खबर सुनेर बेसीशहरबाट समेत प्रहरी निरीक्षक चपाइँकाे नेतृत्वमा प्रहरी त्यसतर्फ गएकाे थियाे । बेसीशहरकाे प्रहरी टाेली पुगेकाे केहीबेरपछि आगो नियन्त्रणमा आएकाे बताइएकाे छ । 

आगलागीबाट फलाम र टीनले बने श्रेष्ठकाे घर खण्डहर बनेकाे छ । घरबाहिर रहेकाे एउटा नम्बर नखुलेकाे माेटरसाइकलसमेत जलेकाे छ । आगलागी नियन्त्रणमा लिने क्रममा नजिकैकाे एक घरमा समेत क्षति पुगेकाे चपाइँले बताए । उनका अनुसार भाैतिक क्षतिकाे एकीन भइसकेकाे छैन ।

पसलमा श्रेष्ठ दम्पती मात्र बस्थे । उनीहरूका छाेराछाेरी काठमाडाैंमा बसेर पढ्ने गरेकाे र घटना भएपछि खबर गरिएकाे र उनीहरू काठमाडाैंबाट घरतर्फ हिँडिसकेकाे बुझिएकाे छ ।

आगलागी कसरी भयाे भन्ने खुलेकाे छैन, यद्यपी लाइन सर्ट भएर भएकाे अनुमान गरिएकाे प्रहरी निरीक्षक चपाइँले बताए ।

श्रेष्ठकाे परिवार बेसीशहर नगरपालिका– २ भकुण्डे रहेकाे र उनीहरू दुइदशकदेखि स्यांगेमा व्यवसाय गर्दै आएकाे बुझिएकाे छ ।

प्रतिक्रिया