जुनियर युवा रेडक्रस दिवसमा सरसफाइ

मध्यनेपाल, फागुन २३ । बिश्वब्यापी रुपमा अभिप्रेरित , स्थानीय रुपमा सशक्तीकरण : जलवायु सम्बन्धि गतिविधिमा जुनियर तथा युवा!" भन्ने नाराका साथ राष्ट्रिय जुनियर युवा रेडक्रस दिवसका अवसरमा मध्यनेपाल-३ सुर्यपाल,लमजुङमा सरसफाइ कार्यक्रम गरिएकाे छ ।

नेपाल जुनियर रेडक्रस सर्कल, श्री राम वालोदय आधारभूत बिद्यालय को आयोजनामा मंगलबार बिद्यालय हातामा सरसफाइ कार्यक्रम गरिएकाे हाे । सरसफाइ कार्यक्रममा बिद्यालयका निमित्त प्रधानाध्यापक मन माया साँखी , शिक्षक नायक रामकुमार श्रेष्ठ, शिक्षक सहनायक सीता थापा ,नेजुरेस राम वालोदयका अध्यक्ष दिपेश नेपाली ,सचिव रश्मि श्रेष्ठ, राम वालोदय बालक्लव अध्यक्ष कुसुम खाती, बालक्लव संरक्षक शिक्षिका अनिता शर्मा सेढाई, सह संरक्षक शिक्षिका सपना नेपाली, सरसफाइ उपसमिति संयोजक शिक्षिका गौमती गुरुङ, शिक्षक ज्योति शंकर गुरुङ, शिक्षिका अर्चना अधिकारी पौडेल, स.क.शान्ता धिताल बस्नेत, का.स.रेखा थापा लगायत सम्पूर्ण बिद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेकाे थियाे ।

साे अवसरमा शिक्षक नायक श्रेष्ठले रेडक्रसकाे परिचयसहित यसले विपद् ब्यवस्थापन, प्राथमिक उपचार र अन्य विभिन्न क्षेत्रमा गर्दै आएकाे कामका बारेमा प्रकास पारेका थिए ।

प्रतिक्रिया