नेपाली कांग्रेस लमजुङका नेता डिल्लीस्वरजंग गुरुङको निधन

खबरकुञ्ज

बेसीशहर, कार्तिक २६ गते । नेपाली कांग्रेस लमजुङका नेता घनपोखरा निवासी डिल्लीस्वरजंग गुरुङको ७५ बर्षको उमेरमा गएराती निधन भएको छ ।

२०४६ ताका नेपाली कांग्रेस जिल्ला कार्य समिति लमजुङको सदस्य रहेका गुरुङ सादगी र भलाद्मी नेताको रुपमा चिनिन्थे । घनपोखराको जंग खलकमा जन्मे पनि प्रजातन्त्रिक आन्दोलनमा उनले भूमिका खेलका थिए । 

लमजुङमा कांग्रेस नेता लेखनाथ अधिकारीसंग नजिक रहेका उनी २२०४९ मा जिल्ला विकास समिति लमजुङको क्षेत्रीय सदस्यमा निर्वाचित भइ जिल्लाको विकासमा भूमिका खेलेका स्व. गुरुङ नेपाली कांग्रेसभित्र इमान्दार नेताको रुपमा चिनिन्थे । उनका पिता नन्दजंग गुरुङ पनि नेपाली कांग्रेसका इमान्दार नेता थिए ।

उनले पञ्चायतकाल र बहुदल आए पछि पनि स्थानीय स्तरमा नेपाली कांग्रेसको संगठन निर्माणमा भूमिका खेलेका थिए । 

गुरुङको सोमबार परम्परा अनुसार अन्तिम संस्कार गरिएको छ । उनको निधनको खबरपछि नेपाली कांग्रेस लमजुङका सभापति तथा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा टकराज गुरुङ, पूर्व पार्टी सभापतिहरु शंकरकान्त जोशी, चन्द्रबहादुर कुँवर, नेपाली कांग्रेस गण्डकी प्रदेश कार्य समितिका संगठन विभाग प्रमुख हरिप्रसाद बराल, मस्र्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, क्व्होंलसोंथार गाउँपालिकाका अध्यक्ष सुर्यप्रसाद गुरुङ लगायतका नेताहरु स्व. गुरुङको घनपोखरास्थित निवास पुगेका थिए ।

गुरुङको निधनमा नेपाली कांग्रेस गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री एवं नेपाली काँग्रेस लमजुङका सभापति मा.डा. टकराज गुरुङले गहिरो दुःख ब्यक्त गरेका छन् । 

एक सोक बिज्ञप्ती प्रकाशित गर्दै उनले यस दुःखद घडीमा स्वर्गीय आत्माको चीर–शान्तिको कामना गर्दै शोकाकुल सम्पूर्ण परिवारजन, इष्टमित्रहरुमा धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भनी हार्दिक समवेदना व्यक्त गरेका छन् ।

अन्तिम संस्कारका क्रममा स्व. गुरुङको पार्थिव शरीरमा पार्टी सभापति गुरुङ, पूर्व सभापति जोशी लगायतले पार्टीको झण्डा ओढाई अन्तिम विदाइ गरेका थिए ।


प्रतिक्रिया