बेसीशहर, पुस २४ गते । सहकारी ठगी अभियाेगमा आइतबार काठमाडाैंबाट पक्राउ परी जिल्ला अदालत लमजुङकाे आदेशले मंगलबार साँझ ३० लाख धराैटीमा रिहा भएका बेसीशहरकाे कालिका सहकारीका संस्थापक अध्यक्ष मृगेन्द्र घिमिरे पुनः पक्राउ परेका छन् ।
सहकारी ऐन अन्तरगतकाे कसुर र ठगीसम्बन्धी कसुरमा पक्राउ परेका उनलाइ प्रहरीले साेमबार अदालतमा पेश गरेकाे थियाे । अदालतमा उनकाे बयान सकिएर मंगलबार थुनछेककाे बहस भएकाेमा जिल्ला अदालतले उनीसंग ३० लाख रूपैयाँ धराैटी माग गरेकाे थियाे । अदालतले मागेकाे ३० लाख रूपैयाँ बुझाएर अदालत बाहिर निस्केका घिमिरेलाइ पुनः प्रहरीले पक्राउ गरेकाे हाे । उनलाइ सम्पति शुद्धिकरण अनुसन्धान बिभागमा बुझाउन पुनः पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागइँले बताए ।
मंगलबार जिल्ला अदालतमा भएकाे थुनछेक बहसपछि जिल्ला अदालतका श्रेस्तेदार भेषराज पाैडेलकाे इजलासले त्यति धेरै धराैटी माग गरेकाे थियाे । जिल्ला अदालत लमजुङका न्यायाधीश शिवप्रसाद खनाल हाल बिदामा रहेका कारण श्रेस्तेदारले यस सम्बन्धमा आदेश गरेका हुन् । न्यायाधीश बिदाबाट फर्केपछि यस सम्बन्धमा पुनः आदेश हुन सक्ने बताइएकाे छ ।
यस अघि पक्राउ परेकाहरूलाइ जिल्ला अदालतले ७ देखि १२ लाख रूपैयाँ धराैटी मागी तारेखमा रिहा गरकाे थियाे ।
सहकारी ऐन अन्तरगतकाे कसुर र ठगी मुद्दामा यति धरै रकम धराैटी राखेर अदालतबाट बाहिर निस्केका घिमिरेलाइ प्रहरीले सम्पत्ती सुद्धिकरण (मनि लाउन्डरिङ) निवारण ऐन २०६४ काे परिच्छेद ३ अनुसारकाे कसुर गरेकाे अभियाेगमा पुनः पक्राउ गरेकाे हाे । उनले सहकारीलाइ माध्यम बनाइ संकास्पद सम्पती आर्जन गरेकाे अभियाेग समेत लागेकाे छ । पुनः पक्राउ परेका घिमिरेलाइ अब सम्पती सुद्धिकरण अनुसन्धान विभागमा लगेर पुनः अनुसन्धान गरिने बुझिएकाे छ ।
घिमिरे विरूद्ध जिल्ला न्यायाधिवक्ताकाे कार्यालय लमजुङले सहकारी एन अन्तरगतकाे कसुर र मुलुकी फाैज्दारी सहिंता अन्तर्गकाे ठगी सम्बन्धी कसुरमा मुद्दा दायर गरेकाे थियाे ।
पुनः पक्राउ परेका घिमिरेलाइ मंगलबार पुनः हिरासतमा राखी बुधवार काठमाडाैं लैजाने तयारी छ । सम्पती सुद्धिकरण अनुसन्धान विभाग प्रधानमन्त्री माताहत छ । घिमरेलाइ पुनः विभागले अनुसन्धान गरी अर्काे मुद्दा पनि दायर गर्न सक्ने छ ।
घिमिरेलाइ आइतबार काठमाण्डौंको धापासीमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियाे । कालिका सहकारीकाे ठगी प्रकरणमा मृगेन्द्र पत्नी श्रीमति विनिता अधिकारी घिमिरेसहित आराेपित अन्य २६ जना अझै फरार छन् ।
याे पनि हेर्नुहाेस् ।
फरार रहेका कालिका सहकारीका संस्थापक अध्यक्ष मृगेन्द्र घिमिरे पक्राउ